बजार राताम्य हुँदा समेत यी २७ कम्पनीको शेयर मूल्य बढ्यो

२६ आश्विन २०८२, आईतवार १५:१२

काठमाडौँ । शेयर बजारमा भारी गिरावट देखिएको छ । बजारमा आएको राताम्यले अधिकांश कम्पनीको शेयर मूल्य घटेको हो । मूल्य घट्दा लगानीकर्ताको अर्बौ रकम गुमेको छ ।

राताम्यकाबीच केहि कम्पनीको शेयर मूल्यमा भने सुधार देखिन पुगेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७८.८३ अकंले घटेर २५०३.३५ बिन्दुमा झरेको छ । आज ३२४ कम्पनीको १ करोड ४३ लाख ६४ हजार कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ७० करोड ७२ लाख रुपैयाँको कारोबार भएको हो ।

यसदिन नेपाल माइक्रा इन्स्योरेन्सको ६.०१ प्रतिशत, पन्चकन्या माईको ४.९० प्रतिशत,सिटिजन्स बैंक डिबेञ्चरको ३.९७ प्रतिशत, सिद्धार्थ इक्वाटीको ३.३३ प्रतिशतले शेयर मूल्य बढेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*