सान्जेन जलविद्युतको साढे ३६ लाख कित्ता शेयरको लकइन सकिंदै
२६ आश्विन २०८२, आईतवार १६:०४

काठमाडौं । सान्जेन जलविद्युत कम्पनी लिमिटेडको ३६ लाख ५० हजार कित्ता शेयरको लकइन अवधि कात्तिकमा सकिने भएको छ।
कम्पनीले आईपीओ निष्कासन गर्दा आयोजना प्रभावित रसुवा जिल्लाका स्थानीय बासिन्दाहरूका लागि २०७९ कात्तिक २९ गते शेयर बाँडफाँड गरेको थियो।
शेयर बाँडफाँडको मितिले ३ वर्षसम्म लकइनमा राख्नु पर्ने प्रावधान बमाजिम उक्त शेयर हालसम्म पनि लकइनमा रहको छ। आउँदो कात्तिक २८ गते लकइन अवधि पूरा हुने कम्पनीले जानकारी दिएको छ।













