पोखरा र समृद्धि फाइनान्स मर्जरमा जाने, राष्ट्र बैंकले दियो सैद्धान्तिक सहमति
२८ आश्विन २०८२, मंगलवार १०:४५

काठमाडौं । नेपाल राष्ट्र बैंकले समृद्धि फाइनान्स र पोखरा फाइनान्सलाई मर्जरमा जानका लागि सैद्धान्तिक सहमति प्रदान गरेको छ ।दुई संस्थाबीच गाभ्ने/गाभिने सम्झौता सम्पन्न गरी नेपाल राष्ट्र बैंकसमक्ष पेश गरिएको राष्ट्र बैंकले सैद्धान्तिक सहमति प्रदान गरेको हो ।
राष्ट्र बैंकले तीन महिनाभित्र आ–आफ्नो साधारण सभाबाट विशेष प्रस्ताव पारितसहित आवश्यक प्रक्रिया पूरा गरी अन्तिम स्वीकृतीका लागि पेश गर्ने शर्तसहित असोज २७ गते सैद्धान्तिक सहमति प्रदान गरेको हो ।














