३३ कम्पनीको शेयरमूल्य बढ्यो, शुभम् पावर र ग्रामिण विकास लघुवित्तमा सर्किट

२८ आश्विन २०८२, मंगलवार १५:१३

काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार शेयर बजार दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक १९.४३ अंकले घटेर २५२८.१६ को बिन्दुमा कायम भएको छ ।

शेयर बजार घटेतापनि मंगलबार कुल ३३ वटा कम्पनीहरुको शेयरमूल्य बृद्धि भएको छ । यसदिन शुभम् पावर र ग्रामिण विकास लघुवित्तको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

साथै, आज क्रेष्ट माइक्रो इन्स्योरेन्स, बिन्द्यावासीनी हाइड्रोपावर, सुपरमाई हाइड्रोपावर, नेपाल माइक्रो इन्स्योरेन्स लगायतको शेयरमूल्य बृद्धि भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*