बीमा प्राधिकरणमा दुई महिनामै ४२६ उजुरी, कति भए फर्छ्यौट ?

३० आश्विन २०८२, बिहीबार १२:१२

काठमाडौं । नेपाल बीमा प्राधिकरणमा चालु आर्थिक वर्ष २०८२–८३ को भदौसम्ममा कुल ४२६ वटा उजुरी दर्ता भएका छन् । बीमा प्राधिकरणले सार्वजनिक गरेको बीमा प्रतिबिम्बअनुसार चालु आवको दुई महिनामा केन्द्रीय कार्यालयमा २३, प्रदेश कार्यालयमा ९ गरी ३२ वटा र गत आवको ३९४ गरी कुल ४२६ वटा उजुरी दर्ता भएको हो ।

जसमध्ये २३ वटा उजुरीको फैसला र ४ वटाको सहमति गरी २७ वटा उजुरी फर्छ्यौट भएको प्राधिकरणले जनाएको छ । प्राधिकरणको अनुसार फर्छ्यौट हुन बाँकी उजुरीको संख्या ३९९ वटा रहेको छ । गत आवको यही अवधिमा प्राधिकरणमा ५२५ वटा उजुरी परेका थिए । जसमध्ये ८५ वटा उजुरीको फैसला र ४६ वटा उजुरीको सहमति गरी १३१ वटा उजुरी प्राधिकरणले फर्छ्यौट गरेको थियो । बाँकी रहेको ३९४ वटा उजुरी चालु आर्थिक वर्षमा सरेर आएका हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*