३७ बीमा कम्पनी नवीकरण, कसको चुक्तापुँजी कति ? (सूचीसहित)

१२ कार्तिक २०८२, बुधबार १२:३४

काठमाडौं । नेपाल बीमा प्राधिकरणले ३७ वटा बीमा कम्पनी नवीकरण गरेको छ । प्राधिकरणबाट इजाजतप्राप्त सरकारी र निजी क्षेत्रका कुल ३७ बीमा कम्पनी २०८१ असार असान्तसम्ममा नवीकरण भएका हुन् ।

अद्यावधिक भएकामध्ये जीवन बीमा कम्पनीहरू १४ वटा रहेका छन् भने निर्जीवन बीमा कम्पनीहरू पनि सोही संख्यामा रहेको प्राधिकरणका सूचना अधिकारी पूर्णबहादुर थापाले जानकारी दिए । यस्तै पुनर्बीमा कम्पनीहरू २ वटा र लघुबीमा कम्पनीहरू ७ वटा रहेका छन् ।

अद्यावधिक भएका जीवन बीमा कम्पनीहरूका राष्ट्रिय बीमा कम्पनी (राष्ट्रिय बीमा संस्थान), नेशनल लाइफ इन्स्योरेन्स, मेट लाइफ, नेपाल लाइफ इन्स्योरेन्स, लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल), एसियन लाइन, सूर्यज्योती रहेका छन् । जसमध्ये राष्ट्रिय बीमा कम्पनी सरकारी स्वामित्वको कम्पनी हो ।

यसैगरी जीवन बीमा कम्पनीहरुमै सूर्याज्योति लाइफ, हिमालयन लाइफ, आईएमई लाइफ, सन नेपाल लाइफ, रिलायबल नेपाल लाइफ, सानिमा रिलायन्स लाइफ, सिटिजन लाइफ र प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स नवीकरण भएका छन् । प्राधिकरणका अनुसार मेटलाइफ विदेशी विमकको शाखा÷एसाइन्ड क्यापिटलको रुपमा नेपालमा क्रियाशील छ ।

जीवन बीमा कम्पनीहरुको चुक्तापुँजी यसप्रकार छन्–

 

निर्जीवन बीमा कम्पनीहरुको चुक्तापुँजी यसप्रकार छन्–

 

प्राधिकरणका अनुसार निर्जीबन बीमा कम्पनीमा नेपाल इन्स्योरेन्स, नेशलन इन्स्योरन्स, दि ओरियन्टल इन्स्योरेन्स, हिमालयन एभरेस्ट इन्स्योरेन्स, यूनाइटेड अजोड इन्स्योरेन्स, नेको इन्स्योरेन्स, सगरमाथा लुम्बिनी इन्स्योरेन्स, प्रभु इन्स्योरेन्ट, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स, शिखर इन्स्योरेन्स, राष्ट्रिय बीमा कम्पनी र सानिमा जीआईसी इन्स्योरेन्स नवीकरण भएका छन् ।

 

पुनर्बीमा र लघुबीमा म्पनीहरुको चुक्तापुँजी यसप्रकार छन्–

प्राधिकरणको कानुन शाखाका अनुसार पुर्नबीमा कम्पनीमा नेपाल पुनर्बीमा कम्पनी र हिमालयन रिइन्स्योरेन्स रहेका छन् भने लघुबीमा कम्पनीमा ७ वटा नवीकरण भएका छन् ।

जसअनुसार नेपाल माइक्रो इन्स्योरेन्स, गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स, लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स, स्टार माइक्रो इन्स्योरेन्स र ट्रस्ट माइक्रो इन्स्योरेन्स नवीकरण भएको प्राधिकरणले जनाएको छ ।

 

 

 

 

 

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*