बीमा प्राधिकरणको कति छ कुल सम्पत्ति ?

१२ कार्तिक २०८२, बुधबार १३:२१

काठमाडौं । बीमा कम्पनीहरुको नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणको बार्षिक कुल सम्पत्ति १० अर्ब १५ करोड ७५ लाख ७४ हजार ५ सय ९५ रुपैयाँ रहेको छ। कम्पनीले आर्थिक बर्ष २०८०÷८१ सम्ममा आफनो कुल सम्पत्ति १० अर्ब माथि पुर्याएको छ।

त्यस्तै, प्राधिकरणको संचित कोषमा १० अर्ब १ करोड ४० लाख १ हजार ५ सय रुपैयाँ रहेको छ।

प्राधिकरणको खदु बचत १ अर्ब ३२ करोड ७९ लाख १८ हजार ६ सय ४३ मात्र रहको छ ।

आर्थिक वर्ष २०८०/८१ को वार्षिक कार्ययोजनामा स्वीकृत भएका १८१ वटा कार्यक्रमहरु रहकोमा १४५ वटासम्पन्न भएको छ । समग्रमा कूल ८० प्रतिशत कार्यक्रमहरु सम्पन्न भएको देखिन्छ भने बाँकि २० प्रतिशत कार्यक्रमहरु लाई आगामी वर्षमा निरन्तरता दिने लक्ष्य राखेको छ ।

त्यस्तै, प्राधिकरणले ६ अर्ब ३२ करोड रुपैयाँ लगानी गरेको छ । कर्मचारीहरुका लागि १९ करोड १९ लाख रुपैयाँ र १६ करोड ३४ लाख व्यवस्थापन खर्च गरेको छ ।
प्राधिकरणको बैंक तथा नगद मौज्दातमा २१ करोड ९२ लाख रुपैयाँ रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*