कार्यकारी निर्देशक सुशील सुवेदीको कार्यक्षमतामाथि कर्मचारीकै प्रश्न

९ मंसिर २०८२, मंगलवार १५:१९

काठमाडौं । नियामक निकाय नेपाल बीमा प्राधिकरणको कार्यकारी निर्देशक सुशील सुवेदीमाथि आफ्नै कर्मचारीहरुले कार्यक्षमतामाथि प्रश्न उठाएर गुनासो गरेको खुलेको छ । प्राधिकरणको आन्तरिक बैठकमै कर्मचारीहरुले प्राधिकरणभित्र प्रभावकारी कार्य हुन नसकेको भन्दै चर्को गुनासो गरेका हुन् । स्रोतले बीमापोष्टलाई दिएको जानकारी अनुसार केही दिनअघि बसेको आन्तरिक मिटिङमा अध्यक्ष जनकराज शर्माकै सामुन्ने कर्मचारीहरुले कार्यकारी निर्देशक सुवेदीको कार्यक्षमता, निष्पक्षता, नियमन गर्ने क्षमताबारेमा प्रश्न उठाएका हुन् ।

प्राधिकरणका कर्मचारीहरुले अस्थिर अध्यक्ष नियुक्ति प्रकरणको समयमा संस्था कमजोर भईरहेको बेला कार्यकारी निर्देशक सुवेदीले संस्था बचाउन छोडेर गल्ती गर्ने कम्पनीहरुमाथी नियम अनुसार हुनुपर्ने कारवाही नगरेको, छानविन नगरेको, अनुगमनको क्रममा देखिएका कैफियतमा देखिएका समस्याहरुमा कारवाहीमा ढिलाई गरेको भन्दै सुवेदीका विरुद्धमा गुनासो गरेका थिए । प्राधिकरणका कर्मचारीहरुले उनको कार्यक्षमतामाथि प्रश्न उठाएर गुनासो गरेसँगै उनले बैठकमा तत्कालै प्रतिवाद गर्दै कही कतै केही नगरेको र आफूबाट कुनै पनि गैर कानुनी काम कुरा पुष्टि भएमा तत्कालै राजिनामा दिन तयार रहेको बताए थिए । साथै सुवेदीले बीमा प्राधिकरणको इतिहासमै पहिलो पटक आफूले बीमा कम्पनीका उच्च व्यवस्थापकसँग दुरी कायम गरेको दावी प्रस्तुत गरेका थिए ।

सार्वजनिक संस्थानको कार्यकारी निर्देशकको पद धारण गरेका व्यक्तिहरू स्वार्थको द्वन्द्वमा संलग्न भएर अनुचित निर्णय नलिऊन्, आफ्नो कार्यालय र पदको दुरुपयोग नगरून् भनेर स्वार्थको द्वन्द्वको प्रभावकारी व्यवस्थापन गर्न कानुनी र नीतिगत व्यवस्था नै गरिएको छ । कार्यकारी निर्देशक सुवेदीले कतिपय कारवाही गर्नुपर्ने कम्पनीहरुमाथि कारवाही गर्न खुट्टा कमाएको, कारवाही गर्ने नियामक आफै डराएको जस्ता गम्भिर आरोपहरु कर्मचारीहरुले लगाएपछि बैठकस्थल नै स्तब्ध हुन पुगेको थियो ।

नेपालको प्रचलित कानुनमा सार्वजनिक निकाय र सरकारी संस्थामा स्वार्थको द्वन्द्वलाई नैतिक प्रश्नका रूपमा मात्र नहेरी फौजदारी कसुरजन्य भ्रष्टाचारको रूपमा परिभाषित गरिएको छ । बीमा प्राधिकरणभित्र बढ्दो अनियमितता र नीतिगत भ्रष्टाचार तत्काल रोक्नुपर्ने माग समेत कर्मचारीहरुबाटै उठेको थियो । कर्मचारीहरुले ठूला व्यापारीका लागि कर्मचारी जेल जाने गरी निर्णय गराउन बाध्य नपार्न समेत चेतावनी अध्यक्ष शर्माकै अगाडि दिएका थिए ।

पछिल्लो समय कार्यकारी निर्देशकको दैनिक गतिविधि र कर्मचारीहरुलाई गर्ने विभेदको बिषयमा पनि उक्त कार्यक्रममा कर्मचारीहरुले गुनासो गरेका थिए । सेवा भन्दा फरक विभागमा काम लगाएर दुःख दिएको गुनासो यसअघि पनि आएको थियो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*