ओझाको मुद्दामा छानविन समितिको प्रतिवेदन झिकाउन सर्वोच्च अदालतको आदेश, २८ गते नयाँ पेशी

१७ मंसिर २०८२, बुधबार १६:१२

काठमाडौं । सर्वोच्च अदालतले शरद ओझाले नेपाल सरकार मन्त्रिपरिषदका विरुद्धमा दायर गरेको रिटमाथि आजको सुनुवाईमा कुनै नयाँ आदेश नदिई छानविन समितिले दिएको प्रतिवेदन झिकाउन आदेश जारी गरेको छ ।

न्यायाधीश विनोद शर्मा र श्रीकान्त पौडेलको संयुक्त इजलासले ओझाले दायर गरेको मुद्दामा अन्तरिम आदेश जारी गर्ने वा हाल जारी अल्पकालिन अन्तरिम आदेश खारेज गर्नुअघि छानविन समितिको फाइल झिकाउन आदेश जारी गरेको हो ।

अब उक्त मुद्दामाथि यही मंसिर २८ गते सुनुवाई हुनेछ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*