कावेली इनर्जीले आईपीओ जारी गर्ने

११ बैशाख २०८३, शुक्रबार १२:५०

काठमाडौं । कावेली इनर्जी लिमिटेडको वैशाख ७ गते बसेको सञ्चालक समितिको बैठकले १५औं वार्षिक साधारणसभा जेठ ३ गते थापाथलीस्थित ट्रेड टावरको दोश्रो तल्लामा दिउँसो १ बजे बोलाएको छ।

उक्त सभाले आईपीओ निष्काशन गर्ने, निर्माणाधीन कावेली–ए जलविद्युत आयोजनामा आवश्यक पूँजी जुटाउन र आईपीओ जारी गर्न पूँजी बढाउनु पर्ने भएकोले यसका लागि र प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पारित गर्नेछ।

साथै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गरी चालू आर्थिक वर्षको लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने विषय पनि सोही साधारणसभाले टुङ्ग्याउनेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*