सिटिजन लाइफद्धारा अभिकर्ताबाट सांसदको यात्रामा लागेका रुकेश र प्रमिलालाई बधाई तथा शुभकामना

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले प्रतिनिधि सभा निर्वाचन २०८२ मा निर्वाचित माननीय रुकेश रञ्जित तथा समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीकी माननीय प्रमिला कुलुजुलाई सम्मानसहित बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।
कम्पनीको केन्द्रीय कार्यालय थापाथलीमा ’शुभकामना आदान–प्रदान कार्यक्रम’ सम्पन्न गरेको हो ।
कार्यक्रममा सिटिजन लाइफसँग आबद्ध रही प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने माननीय सांसदहरू भक्तपुर क्षेत्र नं. १ बाट प्रत्यक्ष निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका माननीय रुकेश रञ्जित तथा समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीकी माननीय प्रमिला कुलुजुलाई सम्मानसहित बधाई तथा शुभकामना व्यक्त गरिएको थियो ।
उक्त कार्यक्रममा करिब ६० जना अभिकर्ता, शाखा कर्मचारी तथा कम्पनीका उच्च व्यवस्थापन टोलीको उपस्थिति रहेको थियो । सहभागीहरूले सांसदहरूलाई खादा, पुष्पगुच्छा तथा सम्मानपत्र प्रदान गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।
माननीय प्रमिला कुलुजु र माननीय रुकेश रञ्जितले धन्यवाद कार्यक्रममा कम्पनीलाई धन्यवाद दिएका थिए ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पोषक राज पौडेल सहित उच्च व्यवस्थापक तहले माननीय प्रमिला कुलुजु र माननीय रुकेश रञ्जितलाई बधाई दिएका थिए ।











