पाँच वर्षमा वाणिज्य बैंकहरूको रेटिङमा ठूलो फेरबदल, को बलियो को कमजोर ?

काठमाडौँ । इक्रा नेपालबाट साख मूल्याङ्कन गरिएका वाणिज्य बैंकहरूको पछिल्लो पाँच वर्षको साख मूल्याङ्कनमा विभिन्न उतारचढाव देखिएको छ। इक्रा नेपालको विवरणअनुसार आर्थिक वर्ष २०७८/७९ देखि २०८२/८३ सम्म २० वटा वाणिज्य बैंकको साख मूल्याङ्कनमा वृद्धि, कमी, पुनरावलोकन तथा केही बैंकको मूल्याङ्कन फिर्ता भएको देखिन्छ।
विवरणअनुसार कृषि विकास बैंकको आर्थिक वर्ष २०७८/७९ मा जारीकर्ता साख मूल्याङ्कन ‘ए’ थियो। आर्थिक वर्ष २०७९/८० मा ‘ए’ मूल्याङ्कन नकारात्मक प्रभावको निगरानीमा रह्यो। आर्थिक वर्ष २०८०/८१ मा पनि ‘ए’ मूल्याङ्कन निगरानीमै रह्यो भने आर्थिक वर्ष २०८१/८२ मा पुनः ‘ए’ कायम भयो। आर्थिक वर्ष २०८२/८३ मा ‘ए प्लस’ कायम भए पनि उक्त मूल्याङ्कन फिर्ता गरिएको देखिन्छ।
सिटिजन्स बैंकको आर्थिक वर्ष २०७८/७९ मा ‘बीबीबी प्लस’ मूल्याङ्कन थियो। आर्थिक वर्ष २०७९/८० र २०८०/८१ मा ‘बीबीबी प्लस’ नकारात्मक प्रभावको निगरानीमा रह्यो। आर्थिक वर्ष २०८१/८२ मा ‘बीबीबी प्लस’ नै निगरानीमा रहेको देखिन्छ भने आर्थिक वर्ष २०८२/८३ मा ‘बीबीबी’ कायम भएको छ।
एभरेस्ट बैंकको आर्थिक वर्ष २०७८/७९ र २०७९/८० मा साख मूल्याङ्कन उपलब्ध थिएन। आर्थिक वर्ष २०८०/८१ मा ‘एए माइनस’ मूल्याङ्कन प्राप्त गरेको बैंकले आर्थिक वर्ष २०८१/८२ मा पनि ‘एए माइनस’ कायम राखेको थियो। आर्थिक वर्ष २०८२/८३ मा ‘एए माइनस’ नै रहे पनि उक्त मूल्याङ्कन फिर्ता गरिएको उल्लेख छ।
ग्लोबल आइएमई बैंकको आर्थिक वर्ष २०७८/७९ मा ‘ए माइनस’बाट ‘ए’ र त्यसपछि ‘ए’ निगरानीमा पुगेको देखिन्छ। आर्थिक वर्ष २०७९/८० मा ‘ए’ अनिश्चित निगरानीमा रह्यो। आर्थिक वर्ष २०८०/८१ मा ‘ए माइनस’ नकारात्मक प्रभावको निगरानीमा रह्यो भने आर्थिक वर्ष २०८१/८२ मा पनि ‘ए माइनस’ नकारात्मक निगरानीमै रह्यो। आर्थिक वर्ष २०८२/८३ मा भने ‘ए माइनस’ कायम भएको छ।
कुमारी बैंकको आर्थिक वर्ष २०७८/७९ मा ‘बीबीबी प्लस’बाट ‘बीबीबी’ नकारात्मक निगरानीमा पुगेको थियो। आर्थिक वर्ष २०७९/८० मा ‘बीबीबी’ अनिश्चित निगरानीमा रह्यो। आर्थिक वर्ष २०८०/८१ मा ‘बीबीबी माइनस’ नकारात्मक निगरानीमा पुग्यो भने आर्थिक वर्ष २०८१/८२ मा ‘बीबी प्लस’ नकारात्मक निगरानीमा रह्यो। आर्थिक वर्ष २०८२/८३ मा भने ‘बीबी प्लस’ कायम भएको छ।

लक्ष्मी सनराइज बैंकको आर्थिक वर्ष २०७८/७९ मा ‘बीबीबी प्लस’बाट ‘बीबीबी’ नकारात्मक निगरानीमा पुगेको थियो। आर्थिक वर्ष २०७९/८० मा ‘बीबीबी प्लस’ नकारात्मक निगरानीमा रह्यो। आर्थिक वर्ष २०८०/८१ मा ‘बीबीबी’ नकारात्मक निगरानीमा रह्यो भने आर्थिक वर्ष २०८१/८२ र २०८२/८३ मा पनि ‘बीबीबी’ नकारात्मक निगरानीमै रहेको छ।
माछापुच्छ्रे बैंकको आर्थिक वर्ष २०७८/७९ मा ‘बीबीबी प्लस’ नकारात्मक निगरानीमा थियो। आर्थिक वर्ष २०७९/८० मा ‘बीबीबी’ कायम भई मूल्याङ्कन फिर्ता गरिएको देखिन्छ। आर्थिक वर्ष २०८०/८१ र २०८१/८२ मा मूल्याङ्कन उपलब्ध छैन। आर्थिक वर्ष २०८२/८३ मा भने ‘बीबीबी प्लस’ नकारात्मक निगरानीमा रहेको छ।
नबिल बैंकको आर्थिक वर्ष २०७८/७९ मा ‘एए माइनस’ मूल्याङ्कन थियो। आर्थिक वर्ष २०७९/८० मा ‘एए माइनस’ नकारात्मक निगरानीमा रह्यो। आर्थिक वर्ष २०८०/८१ मा ‘ए प्लस’ नकारात्मक निगरानीमा पुगेको देखिन्छ। आर्थिक वर्ष २०८१/८२ मा ‘ए’ नकारात्मक निगरानीमा रह्यो भने आर्थिक वर्ष २०८२/८३ मा ‘ए’ कायम भएको छ।
नेपाल बैंकले आर्थिक वर्ष २०७८/७९ मा ‘ए’ मूल्याङ्कन पाएको थियो। आर्थिक वर्ष २०७९/८०, २०८०/८१ र २०८२/८३ मा पनि ‘ए’ कायम रह्यो। आर्थिक वर्ष २०८१/८२ मा भने ‘ए’ नकारात्मक निगरानीमा रहेको देखिन्छ।
नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको आर्थिक वर्ष २०७८/७९ र २०७९/८० मा ‘ए’ अनिश्चित निगरानीमा थियो। आर्थिक वर्ष २०८०/८१ मा ‘ए’ नकारात्मक निगरानीमा पुगेको थियो। आर्थिक वर्ष २०८१/८२ मा पनि ‘ए’ नकारात्मक निगरानीमा रह्यो भने आर्थिक वर्ष २०८२/८३ मा ‘ए माइनस’ कायम भएको छ।
एनआइसी एसिया बैंकको आर्थिक वर्ष २०७८/७९ मा ‘एलबीबीबी प्लस’बाट ‘एलबीबीबी’ नकारात्मक निगरानीमा पुगेको देखिन्छ। आर्थिक वर्ष २०७९/८० मा ‘एलबीबीबी’ मूल्याङ्कनसँगै मूल्याङ्कनसम्बन्धी छुट्टै स्थिति उल्लेख गरिएको छ। आर्थिक वर्ष २०८०/८१ मा साख मूल्याङ्कन फिर्ता गरिएको र त्यसपछि आर्थिक वर्ष २०८१/८२ तथा २०८२/८३ मा मूल्याङ्कन उपलब्ध नरहेको विवरणमा उल्लेख छ।
एनएमबी बैंकको आर्थिक वर्ष २०७८/७९ मा ‘ए माइनस’बाट ‘ए’ पुगेको थियो। आर्थिक वर्ष २०७९/८० मा ‘ए’ नकारात्मक निगरानीमा रह्यो। आर्थिक वर्ष २०८०/८१ मा ‘ए माइनस’ नकारात्मक निगरानीमा पुगेको थियो भने आर्थिक वर्ष २०८१/८२ मा पनि त्यही स्थिति कायम रह्यो। आर्थिक वर्ष २०८२/८३ मा ‘ए माइनस’ नकारात्मक निगरानीमा नै रहेको छ।
नेपाल एसबीआई बैंकले भने पाँचै आर्थिक वर्षमा स्थिर ‘एए’ साख मूल्याङ्कन कायम राखेको देखिन्छ। आर्थिक वर्ष २०७८/७९, २०७९/८०, २०८०/८१, २०८१/८२ र २०८२/८३ मा उसको मूल्याङ्कन ‘एए’ नै रहेको छ।
प्रभु बैंकको आर्थिक वर्ष २०७८/७९ मा ‘बीबीबी’ मूल्याङ्कन थियो। आर्थिक वर्ष २०७९/८० मा ‘बीबीबी’ अनिश्चित निगरानीमा रह्यो। आर्थिक वर्ष २०८०/८१ मा ‘बीबीबी’ नकारात्मक निगरानीमा पुगेपछि ‘बीबीबी माइनस’ नकारात्मक निगरानीमा झरेको देखिन्छ। आर्थिक वर्ष २०८१/८२ मा ‘बीबीबी माइनस’ नकारात्मक निगरानीमा रह्यो भने आर्थिक वर्ष २०८२/८३ मा ‘बीबी प्लस’ नकारात्मक निगरानीमा पुगेको छ।
सानिमा बैंकको आर्थिक वर्ष २०७८/७९ मा ‘ए’ नकारात्मक निगरानीबाट ‘ए माइनस’ पुगेको थियो। आर्थिक वर्ष २०७९/८० मा ‘ए माइनस’ कायम रह्यो। आर्थिक वर्ष २०८०/८१ मा ‘ए माइनस’ नकारात्मक निगरानीमा रह्यो भने आर्थिक वर्ष २०८१/८२ मा पनि त्यही अवस्था कायम रह्यो। आर्थिक वर्ष २०८२/८३ मा भने बैंकको साख मूल्याङ्कन फिर्ता गरिएको छ।
सिद्धार्थ बैंकको आर्थिक वर्ष २०७८/७९ मा ‘ए’ नकारात्मक निगरानीबाट ‘बीबीबी प्लस’ नकारात्मक निगरानीमा पुगेको थियो। आर्थिक वर्ष २०७९/८० मा ‘बीबीबी प्लस’ कायम भयो। आर्थिक वर्ष २०८०/८१ मा ‘बीबीबी प्लस’ नकारात्मक निगरानीमा रह्यो। आर्थिक वर्ष २०८१/८२ मा पनि ‘बीबीबी प्लस’ नकारात्मक निगरानीमा रह्यो भने आर्थिक वर्ष २०८२/८३ मा ‘बीबीबी प्लस’ कायम भएको छ।
स्ट्यान्डर्ड चार्टर्ड बैंकले भने पछिल्लो पाँचै आर्थिक वर्षमा उच्चतम ‘एएए’ साख मूल्याङ्कन कायम राखेको छ। आर्थिक वर्ष २०७८/७९ देखि २०८२/८३ सम्म कुनै परिवर्तनबिना ‘एएए’ नै रहेको विवरणमा उल्लेख छ।
हिमालयन बैंक, प्राइम कमर्सियल बैंक र राष्ट्रिय वाणिज्य बैंकको भने आर्थिक वर्ष २०७८/७९ देखि २०८२/८३ सम्म आइक्रा नेपालको साख मूल्याङ्कन उपलब्ध छैन।
इक्रा नेपालको विवरणमा जारीकर्ता साख मूल्याङ्कन उपलब्ध भएसम्म समेटिएको उल्लेख छ। त्यस्तै, ‘@’ चिन्हले नकारात्मक प्रभावसहित निगरानीमा रहेको साख मूल्याङ्कन जनाउँछ भने ‘&’ चिन्हले पनि निगरानीको अवस्था जनाउने उल्लेख छ। इक्रा नेपालको सन्दर्भमा साख मूल्याङ्कनको निगरानीलाई भविष्यको अवस्थाको संकेतका रूपमा प्रयोग गरिएको छ, जसमा ‘@’ ले सामान्यतः बैंकको ऋण तिर्ने क्षमतासम्बन्धी प्रोफाइलमा देखिएको निश्चित दबाबलाई जनाउँछ भने ‘&’ ले अनिश्चित अवस्थालाई जनाउँछ। विशेषगरी ठूला बैंक गाभिने वा एकीकृत हुने अवधिमा यस्तो अनिश्चितता देखिन सक्ने इक्रा नेपालको विवरणमा उल्लेख छ।











