जयपृथ्वीबहादुर सिंह पुरस्कारबाट डा. छायादत्त न्यौपाने र विवश पोखरेल पुरस्कृत

१८ कार्तिक २०८३, बुधबार २०:५८

काठमाडौं । मानवतावादी चिन्तक एवं स्रष्टा जयपृथ्वीबहादुर सिंहको योगदान र आदर्शलाई स्मरण गर्दै द राइजिङ स्टार स्कुल, मण्डिखाटारले विशेष साहित्यिक तथा सम्मान कार्यक्रम आयोजना गरेको छ । विद्यालयका प्राचार्य कृष्णकुमार बोहोराको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ डा। विष्णुविभु घिमिरे प्रमुख अतिथिका रूपमा सहभागी थिए ।

कार्यक्रममा जयपृथ्वीबहादुर सिंहको नाममा स्थापित विशेष पुरस्कारबाट शिक्षा तथा साहित्य क्षेत्रमा योगदान पुर्‍याएका डा। छायादत्त न्यौपाने र विवश पोखरेललाई सम्मान गरिएको छ । सिंहको मानवतावादी सोच, आदर्श र समाजप्रतिको योगदानलाई नयाँ पुस्तामाझ परिचित गराउने उद्देश्यले स्थापित पुरस्कारमार्फत सम्मानित व्यक्तित्वहरूको सिर्जनात्मक तथा प्राज्ञिक योगदानको कदर गरिएको आयोजकले जनाएको छ ।

समारोहमा वक्ताहरूले सिंहले मानवतावादी दर्शन र पत्रकारिताका माध्यमबाट समाजमा पुर्‍याएको योगदानको चर्चा गर्दै उनको विचार र आदर्शलाई वर्तमान पुस्ताले आत्मसात् गर्नुपर्नेमा जोड दिएका थिए । उनीहरूले सम्मानित व्यक्तित्व डा. न्यौपानेको प्राज्ञिक तथा साहित्यिक यात्राको प्रशंसासमेत गरेका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*