स्वास्थ्य बीमामा यस वर्ष ५ अर्ब बजेट थप गरिएको छः अर्थमन्त्री

काठमाडौँ।अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले सरकारले स्वास्थ्य बीमा कार्यक्रमको बजेट नघटाएको बताउनुभएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टी कार्यालय वनस्थलीमा आयोजना गरेको ुनागरिक, नीति र नेतृत्वु नामक संवाद कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो।
छलफलमा सहभागी नागरिकहरूले स्वास्थ्य बीमाप्रतिको सरकारी धारणाबारे राखेका जिज्ञासाको उत्तर दिँदै उहाँले यो स्पष्ट पार्नुभएको हो।
गत वर्ष स्वास्थ्य बीमाका लागि अघिल्लो सरकारले १० अर्ब रूपैयाँ बजेट छुट्याएको तर नपुगेपछि ११ अर्ब थप गरिएको उहाँले जानकारी दिनुभयो।यस्तै, यस वर्षको बजेटमा स्वास्थ्य बीमाको बजेट ५ अर्बले बढाएर १५ अर्ब छुट्याइएको पनि उहाँले स्पष्ट पार्नुभयो।
गत वर्ष स्वास्थ्य बीमामा अघिल्लो सरकारले १० अर्ब बजेट छुट्याएको थियो। तर, त्यसले नपुगेर म मन्त्री भएर आएपछि ११ अर्ब थप गरेको हुँ, उहाँले भन्नुभयो, ूयस वर्षको बजेटमा स्वास्थ्य बीमाका लागि ५ अर्ब थपेर १५ अर्ब छुट्याएको छु।
उहाँले स्वास्थ्य बीमामा सरकारको दायित्व अझै बढिरहेको तर लगानी अनुसार नागरिकले सेवा पाएका छन् या छैनन् भन्नेमा शङ्का रहेको बताउनुभयो।स्वास्थ्य बीमा कार्यक्रम सरकारी अस्पतालहरूमा निरन्तर जारी रहेको उल्लेख गर्दै उहाँले यसलाई थप प्रभावकारी बनाउन अध्ययन भइरहेकोसमेत स्पष्ट पार्नुभयो।









