हिमालयन बैंकको १० प्रतिशत डिबेञ्चरको साँवा–ब्याज भुक्तानी हुँदै

काठमाडौं । हिमालयन बैंक लिमिटेडले निष्काशन गरेको ७ वर्षे अवधिको ‘१० प्रतिशत हिमालयन बैंक लिमिटेड डिबेञ्चर २०८३’ को साँवा तथा अन्तिम किस्ता ब्याज भुक्तानी गर्ने भएको छ ।
बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका २५ लाख ६९ हजार १०४ कित्ता डिबेञ्चर जारी गरेको थियो । उक्त डिबेञ्चरको अवधि २०८३ भदौ ८ गते पूरा हुँदैछ ।
डिबेञ्चरधनीले पाउनुपर्ने साँवा तथा अन्तिम अवधिको ब्याज रकम भदौ ९ गतेदेखि बैंकको शेयर रजिष्ट्रार हिमालयन क्यापिटलमार्फत भुक्तानी गरिने बैंकले जनाएको छ ।
बैंकका अनुसार रकम डिबेञ्चरधनीको हितग्राही खातामा जोडिएको बैंक खातामा आईपीएसमार्फत जम्मा गरिनेछ । बैंक खाता र प्यान नम्बर अद्यावधिक नभएका डिबेञ्चरधनीलाई यथाशीघ्र विवरण अद्यावधिक गर्न बैंकले आग्रह गरेको छ ।









