४७ जना अभिकर्ताहरु कारवाहीमा, तीन महिना सजाय

१६ भाद्र २०८३, मंगलवार १४:०८

काठमाडौं । बीमा कम्पनीहरुको नियामक निकाय नेपाल बीमा प्राधिकरणले ४७ जना परीक्षार्थी बीमा अभिकर्ताहरुलाई कारवाही गरेको छ।

बीमा प्राधिकरणबाट सञ्चालित बीमा अभिकर्ताको अनलाइन परीक्षामा देहायका परीक्षार्थीहरुले आइआरएमआईएस प्रणालिमा प्रविष्ट गरिएको फोटोमा भएको व्यक्ति भन्दा फरक व्यक्ति परीक्षामा सहभागी भई परीक्षा दिदै गरेको तथा परीक्षामा अनियमितता गरेको अवस्थामा परीक्षा निरीक्षण गर्न खटिएको निरीक्षण समुहले भेटेको हुँदा प्राधिकरणले ४७ जना बीमा परिक्षार्थी अभिकर्ताहरुलाई कारवाही गरेको हो ।

बीमा मध्यस्थकर्ता (अभिकर्ता परीक्षा सञ्चालन सम्बन्धी निर्देशिका, २०७९ को दफा ८ को उपदफा (५) बमोजिम परीक्षा रद्द गरी उपदफा (६) बमोजिम तीन महिनासम्म बीमा अभिकर्ताको परीक्षामा सामेल हुन नपाउने गरी रोक लगाउने गरी कारबाही गरिएको प्राधिकरणले जनाएको छ।
यसअघि पनि प्राधिकरणले नियम विपरित काम गर्ने दुईदजन बढी अभिकर्ताहरुलाई कारवाही गरिसकेको छन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*