ब्रुनाईका राजदूत र परराष्ट्रमन्त्री खनालबीच भेटवार्ता
३० आश्विन २०८३, शुक्रबार १४:११

काठमाडौं । नेपालका लागि ब्रुनाई दरुसलामकी नवनियुक्त गैरआवासीय राजदूत सिति अर्निफरिजा बिन्ती हाजी मोहम्मद जैनी र परराष्ट्रमन्त्री शिशिर खनालबीच शिष्टाचार भेटवार्ता भएको छ ।
परराष्ट्र मन्त्रालयमा भएको भेटवार्तामा परराष्ट्रमन्त्री खनालले राजदूत जैनीलाई नियुक्तिका लागि बधाई दिँदै उनको सफल कार्यकालको शुभकामना व्यक्त गरे ।
भेटवार्तामा नेपाल र ब्रुनाई दरुसलामबिच रहिआएको मैत्रीपूर्ण द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने तथा आपसी सहयोग अभिवृद्धि गर्ने विषयमा विचार आदानप्रदान भएको थियो ।
दुवै पक्षले दुई देशबिचको मैत्रीपूर्ण सम्बन्ध र सहकार्यलाई आगामी दिनमा थप विस्तार गर्ने विषयमासमेत छलफल भएको थियो ।











