आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता

काठमाडौं । आज असोज ३० गते शुक्रबार अर्थात विजया दशमी अघिको अन्तिम कारोबारका दिन नेप्से परिसूचक ८.२३ अंकले बढेर २६३४.१७ को विन्दुमा पुगेर बन्द भएको छ।
यसदिन नेप्सेमा सूचीकृत ३४८ कम्पनीहरुको १ करोड ३३ लाख ६३ हजार ७१८ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ८७ करोड २ लाख ४२ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
आज घलेम्दी हाइड्रो, नेपाल इन्भेष्टमेण्ट मेघा बैंक, ग्रीन भेन्चर्स, कुमारी बैंक, अपी पावर कम्पनी, हिमालयन डिष्टिलरी, सानिमा मिडल तमोर हाइड्रोपावर, बलेफी हाइड्रोपावर, माउन्टेन इनर्जी नेपाल र पिपुल्स हाइड्रोपावरको शेयर सर्वाधिक किनबेच भएको छ।











