बिहिबार यी १० कम्पनीको शेयर मूल्य सर्वाधिक बढ्यो
१८ भाद्र २०८३, बिहीबार १५:१४

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४.६६ अकंले बढेर २५४२.७७ बिन्दुमा कायम भएको छ । आज ३४६ कम्पनीको १ करोड २१ लाख ६३ हजार कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ४६ करोड ५२ लाख रुपैयाँको कारोबार भएको हो ।
बिहिबार १४५ कम्पनीको शेयर मूल्य बढेको छ भने १२३ कम्पनीको घटेको छ । १० कम्पनीको शेयर मूल्य स्थिर रहेको हो ।
यसदिन विन नेपाल लघुवित्तको ८.७६ प्रतिशत, चिरख्वा हाइड्रोको ८.५६ प्रतिशत, आशा लघुवित्तको ८.२९ प्रतिशत, माया खोलाको ७.८४ प्रतिशतले शेयर मूल्य बढेको छ ।










