रिलायन्स स्पिनिङ मिल्समा झुम्मिए लगानीकर्ता, यी कम्पनीको भयो सर्वाधिक कारोबार
१८ भाद्र २०८३, बिहीबार १५:०४

काठमाडौं । आज भदौ १८ गते बिहीबार नेप्से ४.६६ अंकले बढेर २५४२.७७ को विन्दुमा कायम हुँदा ३ अर्ब ४५ करोड ६५ लाख ८८ हजार रुपैयाँमाथिको शेयर कारोबार भएको छ।
यसदिन रिलायन्स स्पिनिङ मिल्स, सानिमा मिडल तमोर हाइड्रोपावर, सोलु हाइड्रोपावर, शिवम् सिमेन्ट र माउन्टे इनर्जी नेपालको शेयर सर्वाधिक कारोबार भएको छ।
त्यसपछि आँखुखोजा जलविद्युत कम्पनी, रिडी पावर कम्पनी, सुपर मादी हाइड्रोपावर, गरिमा विकास बैंक र एसवाई प्यानल लिमिटेडको शेयरमा लगानीकर्ता झुम्मिएका छन्।










