बाढी पहिरोले कुन–कुन राजमार्ग छन् अवरुद्ध ?

१८ आश्विन २०८३, आईतवार ०९:५४

काठमाडौँ । बाढी तथा पहिरोका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा सडकखण्ड प्रभावित भएका छन्। नेपाल प्रहरीको अद्यावधिक तथ्याङ्कअनुसार रसुवामा गत असोज १० गते आएको बाढीका कारण मुख्य राजमार्गका सम्पूर्ण सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन्।

मनाङमा असोज १८ गते आएको बाढीका कारण बेंसीसहर हुँदै खाङसारसम्म जाने सडकखण्ड एकतर्फी सञ्चालनमा रहेको छ।

म्याग्दीको बेनी–जोमसोम सडकखण्डअन्तर्गत रघुगंगा गाउँपालिका–२ बैसरी र अन्नपूर्ण गाउँपालिका–३ सुकेबगरमा पहिरो गएपछि यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ।

त्यस्तै, नवलपरासीस्थित कालीगण्डकी करिडोरअन्तर्गत बुलिङटार गाउँपालिका–६ घुमाउरीघाटमा असोज १० गते साँझ ७ः३० बजे पहिरो जाँदा सडक एकतर्फी सञ्चालनमा आएको छ। बौदीकाली गाउँपालिका–३ स्थित जन्ती पहिरोमा असोज १४ गते दिउँसो ४ः४५ बजे पहिरो गएपछि सडक एकतर्फी रूपमा सञ्चालनमा रहे पनि ठूला सवारीसाधन आवतजावत गर्न नसक्ने अवस्था रहेको प्रहरीले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*