मंगलबार प्रतितोला कतिमा कारोबार हुँदैछ सुनचाँदी ?
२० आश्विन २०८३, मंगलवार १०:४९

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख ९१ हजार ५०० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन समेत सोहि मूल्यमा कारोबार भइरहेको थियो ।
यता, चाँदीको मूल्य भने घटेको छ। चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेर प्रतितोला चार हजार ४१५ रुपैयाँ कायम भएको हो ।











