जन्मदिनमा छोरालाई रिलायबल नेपाल लाइफको १० लाखको जीवन बीमा उपहार

२१ आश्विन २०८३, बुधबार १७:४४

काठमाडौँ । वीरेन्द्रनगर नगरपालिका–११, सुर्खेत निवासी मुस्कान राना र मनिसा रानाले आफ्ना छोरा एन्जेल रानाको जन्मदिनको अवसरमा १० लाख रुपैयाँको जीवन बीमा पोलिसी उपहार दिएका छन्।

छोराको उज्ज्वल भविष्य सुनिश्चित गर्ने उद्देश्यले अभिभावक रानाद्वयले जन्मदिनको अवसरलाई विशेष बनाउँदै जीवन बीमा पोलिसी उपहार दिएका हुन्। बालबालिकाको भविष्यप्रति अभिभावकको जिम्मेवारी र वित्तीय सुरक्षाको महत्वलाई समेत यस कार्यले उजागर गरेको छ।

उक्त अवसरमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड, सुर्खेत शाखाले राना परिवारप्रति हार्दिक धन्यवाद व्यक्त गर्दै एन्जेल रानाको सुखद, समृद्ध तथा सुरक्षित भविष्यको शुभकामना व्यक्त गरेको छ।

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड, सुर्खेत शाखाका शाखा प्रमुख खगेन्द्र मल्लले जन्मदिनको अवसरमा जीवन बीमा पोलिसी उपहार दिने राना परिवारको निर्णय प्रशंसनीय रहेको बताउँदै जीवन बीमाले बालबालिकाको भविष्य सुरक्षित गर्न महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*