शशिला मोटर्सको चारदिने निःशुल्क सर्भिस क्याम्प सम्पन्न, सयभन्दा बढी ग्राहक लाभान्वित

२६ आश्विन २०८३, सोमबार १७:४४

काठमाडौं । शशिला मोटर्स प्रा।लि।ले आयोजना गरेको चारदिने निःशुल्क सर्भिस क्याम्प सम्पन्न भएको छ। काठमाडौंको कलंकी मैत्रीनगरस्थित नेपालकै सबैभन्दा ठूलो दाबी गरिएको विद्युतीय सवारीसाधन ९ईभी० सर्भिस सेन्टर ‘शशिला सर्भिस सेन्टर’ मा सञ्चालित क्याम्पबाट हाइगर, किटोन, फराइजनलगायत ब्रान्डका सयभन्दा बढी ग्राहक लाभान्वित भएका छन्।

ईभी सर्भिसिङमा केन्द्रित शशिला सर्भिस सेन्टर आधुनिक प्रविधि र सुविधासम्पन्न पूर्वाधारसहित सञ्चालनमा रहेको कम्पनीले जनाएको छ। सेन्टरमा २० वटा सर्भिस बे र ३० भन्दा बढी दक्ष प्राविधिकमार्फत सेवा प्रदान गरिँदै आएको छ। साथै, यहाँ उच्च प्रविधियुक्त ब्याट्री मर्मत केन्द्रसमेत रहेको छ। सेन्टरबाट विद्युतीय सवारीसाधनमा देखिने सामान्यदेखि जटिल समस्यासम्मको समाधान उपलब्ध गराइँदै आएको कम्पनीको भनाइ छ।

शशिला सर्भिस सेन्टरका सर्भिस हेड बिन्देशमान सिंह डंगोलले विद्युतीय सवारीसाधनको प्रभावकारी सर्भिसिङबारे बहस भइरहेका बेला क्याम्पले ग्राहकलाई बिक्रीपछिको सेवा र विश्वसनीयताप्रतिको भरोसा थप मजबुत बनाउन सहयोग गरेको विश्वास व्यक्त गरे।

डंगोलले ग्राहकलाई सहज सेवा उपलब्ध गराउने उद्देश्यले दशैं बिदा तथा शनिबारसमेत सर्भिस सेन्टर खुला रहने जानकारी दिए।

त्यस्तै, शशिला मोटर्स प्रा।लि।का निर्देशक सचिन कायस्थले कम्पनीको प्राथमिकता विद्युतीय सवारीसाधन बिक्रीमा मात्र सीमित नरहेको स्पष्ट पारे। बिक्रीपछिको सेवालाई मुख्य प्राथमिकतामा राखेर काम गरिरहेको उल्लेख गर्दै उनले आगामी दिनमा सेवालाई थप प्रभावकारी र गुणस्तरीय बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरे।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*