पूर्वसांसद डा. विजय पौडेलको निधन
२६ आश्विन २०८३, सोमबार १७:२४

काठमाडौं । पूर्वसांसद एवं नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ ।
पौडेलको आजै हृदयघातका कारण निधन भएको कीर्तिपुर अस्पतालले पुष्टि गरेको छ ।
नेता पौडेले नेकपा (एमाले) का तत्कालीन नेता स्वर्गीय मोदनाथ प्रश्रितका छोरा हुन् । एमालेबाट माधव नेपालको समूह छुट्टिएपछि उनी एकीकृत समाजवादीमा थिए ।











