मनकामना इन्जिनियरिङ हाइड्रोपावरको साढे ४ लाख कित्ता शेयर बेच्दै रामप्रसाद तिमल्सिना

काठमाडौँ । मनकामना इन्जिनियरिङ हाइड्रोपावरका आधारभूत शेयरधनी रामप्रसाद तिमल्सिनाले आफ्नो नाममा रहेको ४ लाख ६० हजार २०८ कित्ता शेयर बिक्री गर्ने भएका छन् ।
कम्पनीका अनुसार तिमल्सिनाले आगामी तीन महिनाभित्र उक्त शेयर बिक्री गर्ने मनसायसहितको निवेदन दिएका हुन्। उनको निवेदन कम्पनीमा २०८३ असोज २२ गते प्राप्त भएको हो।
नेपाल धितोपत्र बोर्डबाट २०८३ भदौ ९ गते प्राप्त पत्र संख्या धि.व.सि. धि.व्य.नि. २०८३/८४, चलानी नम्बर ४९९ मार्फत जारी निर्देशनअनुसार कम्पनीका आधारभूत शेयरधनीले आफूले धारण गरेको शेयरको ५ प्रतिशत वा सोभन्दा बढी शेयर बिक्री गर्नुअघि १५ दिन अगावै जानकारी गराउनुपर्ने व्यवस्था रहेको छ।
सोही व्यवस्थाबमोजिम मनकामना इन्जिनियरिङ हाइड्रोपावरले आफ्ना आधारभूत शेयरधनी तिमल्सिनाले शेयर बिक्री गर्ने मनसायसहित निवेदन दिएको जानकारी गराएको हो।











