भिजन लुम्बिनी ऊर्जाको १ करोड ६६ लाख कित्ता शेयरको लकइन अवधि मंसिर ४ मा सकिँदै

२६ आश्विन २०८३, सोमबार १५:३९

काठमाडौँ ।  भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडको १ करोड ६६ लाख ६२ हजार ७४० कित्ता सेयरको लकइन अवधि आगामी मंसिर ४ गते समाप्त हुने भएको छ। कम्पनीले नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई पत्राचार गर्दै संस्थापक समूह, आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा कर्मचारीका नाममा रहेको सेयरको तीन वर्षे लकइन अवधि नोभेम्बर २०, २०२६ मा सकिने जानकारी गराएको हो।

कम्पनीका अनुसार लकइन अवधि समाप्त हुन लागेका सेयरमध्ये सबैभन्दा धेरै १ करोड ५२ लाख कित्ता संस्थापक समूहको रहेको छ। त्यस्तै, आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि सुरक्षित गरिएको १४ लाख २४ हजार ४९० कित्ता र कर्मचारीका लागि सुरक्षित गरिएको ३८ हजार २५० कित्ता सेयरको लकइन अवधि पनि समाप्त हुँदैछ।

यी तीन समूहको सेयर जोड्दा कुल १ करोड ६६ लाख ६२ हजार ७४० कित्ता सेयरको लकइन अवधि सकिन लागेको हो।

प्रचलित व्यवस्थाअनुसार सर्वसाधारणमा सेयर बाँडफाँट भएको मितिले तीन वर्षसम्म संस्थापक, आयोजना प्रभावित स्थानीय बासिन्दा तथा कर्मचारीका लागि सुरक्षित गरिएको सेयरमा लकइन रहने व्यवस्था छ। सोही व्यवस्थाअनुसार कम्पनीका उक्त सेयरको लकइन अवधि आगामी मंसिर ४ गते समाप्त हुन लागेको हो।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*