नेको इन्स्योरेन्सलाई संस्थापक शेयर बिक्री तथा नामसारीका लागि बीमा प्राधिकरणको स्वीकृति

काठमाडौँ । नेको इन्स्योरेन्स लिमिटेडले संस्थापक शेयर बिक्री तथा नामसारीका लागि नेपाल बीमा प्राधिकरणबाट पूर्वस्वीकृति प्राप्त गरेको छ। कम्पनीको मिति २०८३ भदौ २२ गते बसेको सञ्चालक समितिको ५१०औँ बैठकको निर्णयअनुसार संस्थापक शेयर बिक्री गरी नामसारी गर्न आवश्यक पूर्वस्वीकृतिका लागि प्राधिकरणसमक्ष पत्राचार गरिएको थियो।
कम्पनीले पठाएको उक्त प्रस्तावका सम्बन्धमा नेपाल बीमा प्राधिकरणले च.नं. २०४८, मिति २०८३ असोज २३ गतेको पत्रमार्फत प्रचलित कानूनबमोजिम संस्थापक शेयर बिक्री तथा नामसारी गर्न स्वीकृति प्रदान गरेको हो। प्राधिकरणले बीमकको संस्थापक शेयर कारोबार सम्बन्धी निर्देशिका, २०७७ को दफा ३ बमोजिम उक्त स्वीकृति दिएको कम्पनीले जनाएको छ।
प्राधिकरणबाट स्वीकृति प्राप्त भएसँगै प्रचलित कानून तथा सम्बन्धित निर्देशिकाको व्यवस्थाअनुसार संस्थापक शेयर बिक्री तथा नामसारीको प्रक्रिया अघि बढाउन सकिने भएको छ।












