ग्लोबल आइएमई बैंक ‘फोनपे अनर्स २०८३’ का दुई विधामा सम्मानित

२६ आश्विन २०८३, सोमबार १७:५२

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड ‘फोनपे अनर्स २०८३’ अन्तर्गत दुई प्रतिष्ठित विधामा सम्मानित भएको छ। नेपालको डिजिटल भुक्तानी प्रणालीको प्रवर्द्धन तथा विकासमा पुर्‍याएको योगदानको कदर गर्दै बैंकलाई उक्त सम्मान प्रदान गरिएको हो।

बैंकले ‘हाइएस्ट फोनपे डाइरेक्ट भोलुम (इस्युअर)’ र ‘हाइएस्ट फोनपे क्यूआर भोलुम (इस्युअर)’ विधामा अवार्ड प्राप्त गरेको जनाएको छ।

बैंकको मोबाइल बैंकिङ एप ‘ग्लोबल स्मार्ट प्लस’ मार्फत अन्तरबैंक रकम स्थानान्तरण (आईबीएफटी) तथा फोनपे क्यूआर कारोबारमा उल्लेखनीय सफलता हासिल गरेकाले बैंकलाई यी दुई विधामा सम्मानित गरिएको हो।

बैंकले आफ्ना ग्राहकलाई सुरक्षित, भरपर्दो र सहज डिजिटल वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ। मोबाइल बैंकिङ एपमार्फत ग्राहकले एक बैंकको खाताबाट अर्को बैंकको खातामा रकम स्थानान्तरण गर्नुका साथै फोनपे क्यूआरमार्फत विभिन्न भुक्तानी गर्न सक्ने व्यवस्था रहेको छ।

डिजिटल बैंकिङ सेवाप्रति ग्राहकको बढ्दो आकर्षण, प्रविधिमा आधारित नवीन सेवा तथा ग्राहककेन्द्रित कार्यशैलीले यो उपलब्धि हासिल गर्न सहयोग पुगेको बैंकले जनाएको छ।

बैंकले आगामी दिनमा पनि डिजिटल रूपान्तरण, वित्तीय समावेशीकरण तथा विद्युतीय भुक्तानी पूर्वाधारको विस्तारलाई प्राथमिकतामा राख्दै नगदरहित कारोबारलाई थप प्रवर्द्धन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*