मञ्जुश्री फाइनान्सले ४० करोडको अग्राधिकार शेयर जारी गर्ने

३० आश्विन २०८३, शुक्रबार १०:२५

काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडले ४० करोड रुपैयाँ बराबरको अविमोच्य असञ्चिति अग्राधिकार शेयर जारी गर्ने भएको छ।

फाइनान्सको बिहीबार बसेको सञ्चालक समितिको बैठकले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ४० लाख कित्ता अग्राधिकार शेयर जारी गर्ने निर्णय गरेको हो। उक्त शेयरमा वार्षिक ८.७५ प्रतिशत लाभांश दर कायम गरिने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार जारी गरिने सेयर अविमोच्य असञ्चिति अग्राधिकार सेयर हुनेछ। यस प्रकारको सेयरमा कम्पनीले मुनाफा आर्जन गरेको वर्षमा मात्र लाभांश वितरण गर्ने व्यवस्था रहनेछ। मुनाफा नभएको वर्षको लाभांश सञ्चित नहुने भएकाले त्यस्तो वर्ष लाभांश नदिए पनि आगामी वर्षमा त्यसलाई थपेर वितरण गर्नुपर्ने हुँदैन।

फाइनान्सले उक्त अग्राधिकार सेयर सर्वसाधारणका लागि निष्काशन नगरी निजी तवरबाट संस्थागत लगानीकर्तालाई मात्र बिक्री गर्ने जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*