आज बढ्यो सुनचाँदीको मूल्य, प्रतितोला कति पुग्यो ?
९ कार्तिक २०८३, सोमबार ११:२६

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ हजार रुपैयाँ र चाँदीको मूल्य ४० रुपैयाँले बढेको हो।
महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८१ हजार ५०० रुपैयाँ कायम भएको छ।
दशैंको लामो बिदापछि खुलेको बजारमा हिजो आइतबार सुनचाँदीको मूल्यमा उल्लेख्य गिरावट आएको थियो। उक्त दिन सुनको मूल्य प्रतितोला ११ हजार ७०० रुपैयाँले घटेको थियो।
त्यस्तै, आज चाँदीको मूल्य पनि प्रतितोला ४० रुपैयाँले बढेर ३ हजार ९९५ रुपैयाँ कायम भएको छ।











