बढ्यो सुनको मूल्य, प्रतितोला कति ?
१० कार्तिक २०८३, मंगलवार १०:५२

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्यमा वृद्धि भएको छ भने चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ८०० रुपैयाँले महँगिएको हो।
महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ८२ हजार ३०० रुपैयाँ पुगेको छ। अघिल्लो दिन सोमबार सुन प्रतितोला २ लाख ८१ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।
यता, चाँदीको मूल्य भने प्रतितोला २५ रुपैयाँले घटेको छ। सोमबार प्रतितोला ३ हजार ९९५ रुपैयाँ रहेको चाँदी आज घटेर ३ हजार ९७० रुपैयाँमा झरेको महासंघले जनाएको छ।











