आज यी कम्पनीको शेयर सर्वाधिक कारोबार

काठमाडौं । आज बिहीबार नेप्से ३१.५४ अंकले बढेसँगे बजारमा हरियाली छाएको छ । आज ८ अर्ब ५५ करोड ८० लाख २४ हजार रुपैयाँको शेयर किनबेच भएको छ।
यसदिन घलेम्दी हाइड्रो लिमिटेड, सिद्धार्थ बैंक लिमिटेड, लक्ष्मी सनराइज बैंक लिमिटेड, कुमारी बैंक लिमिटेड, ग्रीन भेन्चर्स लिमिटेड, सोलु हाइड्रोपावर लिमिटेड, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेड, शिवम् सिमेन्ट्स लिमिटेड, सानिमा बैंक लिमिटेड र बुटवल पावर कम्पनी लिमिटेडको शेयर सर्वाधिक किनबेच भएको छ।











