भिजन लुम्बिनी ऊर्जाको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

१३ कार्तिक २०८३, शुक्रबार ०६:५६

काठमाडौं । भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडको लाभांश प्राप्त गर्न र साधारण सभामा सहभागी हुनका लागि शेयर खरिद गर्ने आज अन्तिम अवसर रहेको छ। कम्पनीले लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि आगामी कात्तिक १६ गते बुकक्लोज गर्ने भएकाले आज (कात्तिक १३ गते) सम्म नेप्सेमा कारोबार भई कायम रहने शेयरधनीले मात्रै उक्त सुविधा पाउनेछन्।

कम्पनीले आफ्नो आठौँ वार्षिक साधारण सभा मंसिर ३ गते बिहीबार रुपन्देहीको बुटवलस्थित दियालो फुडल्याण्डमा आयोजना गर्ने भएको छ। बिहान ९ बजेदेखि सुरु हुने सभामा शेयरधनीलाई नगद लाभांश वितरण गर्ने प्रस्ताव मुख्य एजेन्डाका रूपमा प्रस्तुत गरिनेछ।

सभाले कम्पनीको हाल कायम चुक्ता पूँजीको ३.६८४२ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। यसका साथै गत आर्थिक वर्षको वित्तीय विवरणमाथि छलफल गरी स्वीकृत गर्ने तथा चालु आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्ताव पनि सभामा पेस हुनेछन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*