शेयर बजारमा करेक्सनः लगानीकर्तामा उत्साह कायमै, यी हुन् हरियाली हुने आधार !

१३ कार्तिक २०८३, शुक्रबार १५:०५

काठमाडौँ । शेयर बजारमा आज करेक्सन देखिएको छ । लगातार तीन कारोबार दिनदेखि बढिरहेको बजार आज भने ओरालो लागेको हो । बजारमा आएको गिरावटलाई लगानीकर्ताले स्वाभाविक करेक्सनका रूपमा लिएका छन् । निरन्तर बढेको बजारमा बीच–बीचमा करेक्सन आउनु स्वाभाविक प्रक्रिया भएको उनीहरूको बुझाइ छ । बजार करेक्सन हुँदै अघि बढेमा त्यसले दीर्घकालीन रूपमा दिगो र स्वस्थ बजार निर्माणमा सहयोग पुग्ने विश्वास लगानीकर्ताले गरेका छन् ।

लगानीकर्ताका अनुसार करेक्सनको अवस्थामा शेयर खरिदका लागि नयाँ अवसरसमेत सिर्जना हुने गर्दछ । अहिले शेयर बजारमा लगानीका लागि अनुकूल वातावरण बन्दै गएको उनीहरूको भनाइ छ । बजारलाई प्रभाव पार्ने नीतिगत व्यवस्थाहरू पनि सकारात्मक देखिएका छन् । नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड तथा अर्थ मन्त्रालयबाट भएका नीतिगत व्यवस्थाले शेयर बजारलाई सकारात्मक दिशातर्फ अघि बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । वित्तीय अवस्था पनि तुलनात्मक रूपमा सकारात्मक रहेकाले लगानीकर्ताको मनोबल बढ्न सके बजारले नयाँ गति लिने विश्वास गरिएको छ ।

पछिल्लो समय बजारमा देखिएको सुधारलाई निरन्तरता दिन लगानीकर्ताको मनोबल महत्वपूर्ण हुने जानकारहरू बताउँछन् । बजारमा सकारात्मक वातावरण निर्माण हुनुका साथै नीतिगत र वित्तीय पक्षले पनि साथ दिएमा शेयर बजारमा थप सुधारको सम्भावना रहने उनीहरूको विश्लेषण छ । यद्यपि, बजारमा आउने सामान्य उतारचढावलाई लिएर आत्तिनुभन्दा बजारको प्रवृत्ति र कम्पनीहरूको वास्तविक अवस्थालाई बुझेर लगानी गर्नुपर्ने उनीहरूको सुझाव छ ।

बजार बढ्न थालेकै आधारमा हतारमा लगानी गर्नेभन्दा कम्पनीको वित्तीय अवस्था, नाफा–नोक्सान, प्रतिसेयर आम्दानी, ऋणको भार तथा भविष्यको व्यावसायिक सम्भावनाको विश्लेषण गर्न आवश्यक रहेको जानकारहरू बताउँछन् । कमजोर वित्तीय अवस्था भएका कम्पनीमा मूल्य बढेकै भरमा लगानी गर्दा जोखिमसमेत बढ्न सक्छ । त्यसैले कम्पनीको वास्तविक अवस्था, शेयर मूल्य र सम्भावित प्रतिफललाई मूल्याङ्कन गरेर मात्र लगानीसम्बन्धी निर्णय लिनु उपयुक्त हुने उनीहरूको सुझाव छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.४५ अकंले घटेर २६९० बिन्दुमा कायम भएको छ । आज ३४८ कम्पनीको २ करोड २८ लाख कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ८९ करोड रुपैयाँको कारोबार भएको हो ।

यसदिन ८ उपसूचकमा सुधार देखिएको छ भने ५ उपसूचकमा हरियाली आएको छ । विकास बैंक, म्युचुअल फण्डको शेयर सर्वाधिक बढेको हो ।

शुक्रबार १०२ कम्पनीको शेयर मूल्य बढेको छ भने १६९ कम्पनीको शेयर घटेको छ । ८ कम्पनीको शेयर मूल्य भने स्थिर रहेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*