सिद्धार्थ बैंकको नाफासँगै आम्दानीमा उछाल, खराब कर्जा घट्यो

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले चालू आवको तीन महीनामा ८५ करोड १५ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आवको सोही अवधिको तुलनामा १६२.७५ प्रतिशत बढी हो। गत आवमा बैंकले ३२ करोड ४० लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
समीक्षा अवधिमा बैंकले २ अर्ब ३८ करोड ९६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ जुन गत आवको तुलनामा १०.५० प्रतिशतले बढेको हो। गत आवमा बैंकले २ अर्ब ज्ञ६ करोड २५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो।
यता बैंकको कुल सञ्चालन आम्दानी पनि ३ अर्ब ९ करोड ६ लाख रुपैयाँबाट ७.५३ प्रतिशतले बढेर ३ अर्ब ३२ करोड ३४ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा ५० करोड ६० लाख रुपैयाँबाट १४७.०९ प्रतिशतले बढेर १ अर्ब २५ करोड ५ लाख रुपैयाँ नाघेको छ।
त्यसैगरी समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी ७.८२ रुपैयाँबाट बढेर १८.७६ रुपैयाँ पुगेको छ भने खराब कर्जा ३.८० प्रतिशतबाट घटेर ३.७० प्रतिशतमा झरेको छ। बैंकको प्रतिशेयर नेटवर्थ १९९.६१ रुपैयाँ कायम भएको छ।
चुक्ता पूँजी १८ अर्ब २९ करोडबाट १९ अर्ब ७७ करोड रुपैयाँ पुगेको बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ६१ करोड ६१ लाख रुपैयाँबाट ३ अर्ब ५७ करोड ३७ लाख रुपैयाँ पुगेको छ। बैंकको जगेडा कोषमा १ अर्ब ९० करोड रुपैयाँ र रिजर्भ कोषमा १५ अर्ब ८१ करोड रुपैयाँ सञ्चिति छ। बैंकले ७ अर्ब ८९ करोड कर्जा लगानी गरी ३ खर्ब ३४ अर्ब ८२ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ।











