सिंहदरबारमा विपक्षी दलहरुको बैठक जारी

१६ कार्तिक २०८३, सोमबार १३:५१

काठमाडौं । सिंहदरबारमा विपक्षी दलहरुको बैठक बसिरहेको छ । कांग्रेस संसदीय दलको कार्यालयमा केहीबेरअघि सुरु भएको बैठक बसिरहेको हो ।

बैठकमा कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्दाम्बे, राष्ट्रियसभा संसदीय दलका नेता कमला पन्त, प्रमुख सचेतक बासना थापा, एमालेका संसदीय दलका उपनेता पद्मा अर्याल सहभागी रहेका छन् ।

त्यसैगरी विपक्षी दल नेपाली कम्युनिष्ट पार्टीका परमेश हमाल, वर्षमान पुर र यवराज दुलाल, जनता समाजवादी पार्टीका महन्त ठाकुर र राष्ट्रिय प्रजातन्त्र पार्टीका खुश्बु ओली लगायत रहेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*