हिमालयन बैंकको मोबाइल तथा इन्टरनेट बैंकिङ्ग सेवा अवरुद्ध

१६ कार्तिक २०८३, सोमबार ११:३१

काठमाडौं । हिमालयन बैंक लिमिटेडको मोबाइल बैंकिङ्ग तथा इन्टरनेट बैंकिङ्ग सेवा अस्थायी रूपमा अवरुद्ध भएको छ । बैंकले प्रणालीमा आवश्यक मर्मत तथा स्तरोन्नतिको काम भइरहेकाले दुवै सेवा हालका लागि बन्द भएको जनाएको हो ।

बैंकका अनुसार सेवा पुनः सञ्चालनमा ल्याउन प्राविधिक टोली निरन्तर खटिएको छ । सेवा कहिलेदेखि नियमित हुन्छ भन्नेबारे भने बैंकले निश्चित समय खुलाएको छैन ।

सेवा पुनः सुचारु हुनेबित्तिकै बैंकका आधिकारिक सञ्चार माध्यममार्फत जानकारी गराइने बैंकले जनाएको छ । सेवा अवरुद्ध हुँदा ग्राहकमा पर्न गएको असुविधाप्रति बैंकले क्षमायाचना गर्दै ग्राहकको धैर्यता र सहयोगका लागि धन्यवाद व्यक्त गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*