सोलुखुम्बुमा दुई हेलिकप्टर आपसमा ठोक्किंदा एक जनाको मृत्यु

१७ कार्तिक २०८३, मंगलवार ०९:१७

काठमाडौं । सोलुखुम्बुमा दुईवटा हेलिकोप्टर आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार दुर्घटनामा एक विदेशी नागरिकको मृत्यु भएको र एक जना घाइते भएका हुन् ।

फिस्टेल र डायनेस्टी एयरका हेलिकोप्टर फेरिचे हेलिप्याडमा ल्याण्डिङको क्रममा ठोक्किएर दुर्घटना भएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*