आजपनि सुनचाँदीकै भाउ बढ्यो, अब प्रतितोला कति?
१७ कार्तिक २०८३, मंगलवार १०:४५

काठमाडौं । आज मंगलबार पनि नेपाली बजारमा सुन र चाँदीको भाउ बढेको छ। यसदिन सुन प्रतितोला ७०० रुपैयाँ र चाँदी प्रतितोला ५५ रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ७५ हजार रुपैयाँ कायम भएको छ। अघिल्लो दिन सुन प्रतितोला २ हजार ३०० रुपैयाँले बढेर प्रतितोला २ लाख ७४ हजार ३०० रुपैयाँमा किनबेच भएको थियो।
त्यसैगरी महासंघका अनुसार आज चाँदी प्रतितोला ३ हजार ७७५ रुपैयाँ कायम भएको छ। अघिल्लो दिन सोमबार चाँदीको भाउ तोलामा ७० रुपैयाँले बढेर प्रतितोला ३ हजार ७२० रुपैयाँमा खरीद–बिक्री भएको थियो।











