शुल्क संकलनको हतारोले नागढुंगामा सास्ती, एन–ट्याग निष्क्रिय हुँदा नगद र क्यूआरकै भर

१७ कार्तिक २०८३, मंगलवार ११:४८

काठमाडौँ । यात्रालाई छिटो, सहज र समयको बचत हुने अपेक्षासहित निर्माण गरिएको नागढुंगा सुरुङमार्गमा टोल शुल्क भुक्तानी नै सवारी चालकका लागि झन्झटिलो बनेको छ। स्वचालित भुक्तानी प्रणाली प्रभावकारी रूपमा सञ्चालनमा आउन नसक्दा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनले टोल प्लाजामा लामो समय प्रतीक्षा गर्नुपर्ने अवस्था बनेको हो।

टोल शुल्क उठाउन सुरु गरिए पनि बैंकमार्फत उपलब्ध गराउने भनिएको एन–ट्याग कार्ड अझै प्रयोगमा आउन सकेको छैन। सडक बोर्ड नेपालको सर्भरमा प्राविधिक समस्या देखिएपछि कार्ड वितरण तथा प्रणाली सञ्चालनको काम प्रभावित भएको बताइएको छ।

सुरुङमार्गमा दैनिक करिब ७ हजार ५०० सवारीसाधन ओहोरदोहोर गर्ने अनुमान छ। स्वचालित टोल भुक्तानीलाई सहज बनाउन आठवटा बैंकलाई एन–ट्याग कार्ड वितरणको जिम्मेवारी दिइए पनि प्राविधिक अवरोधका कारण योजना कार्यान्वयन हुन सकेको छैन। अहिले सवारी चालकले नगद वा क्यूआर कोडबाट शुल्क बुझाउनुपर्ने व्यवस्था छ।

यसको प्रत्यक्ष असर टोल प्लाजाको व्यवस्थापनमा देखिन थालेको छ। विशेषगरी सवारी चाप बढी हुने समयमा शुल्क भुक्तानीका लागि लामो लाइन लाग्दा चालक तथा यात्रुले अनावश्यक समय खर्चिनुपरेको छ। छिटो गन्तव्यमा पुग्ने उद्देश्यले सुरुङमार्ग रोज्नेहरू नै प्रवेश तथा निकास बिन्दुमा शुल्क तिर्न लामो समय रोकिँदा यसको सहज यात्राको अपेक्षामाथि प्रश्न उठ्न थालेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*