सुनचाँदीको भाउमा भारी गिरावट, अब प्रतितोला कति?

२७ कार्तिक २०८३, शुक्रबार ११:०६

काठमाडौं । तिहार सकिएलगत्तै नेपालमा सुनचाँदीको भाउमा उच्च गिरावट भएको छ। आज कात्तिक २७ गते शुक्रबार सुन प्रतितोला १२ हजार ६०० रुपैयाँले घटेको छ भने चाँदी प्रतितोला १५५ रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ७१ हजार ७०० रुपैयाँ कायम भएको छ। कात्तिक २३ गते सोमबार सुन प्रतितोला २ लाख ८४ हजार ३०० रुपैयाँमा किनबेच भएको थियो ।

त्यसैगरी आज चाँदीको भाउ पनि प्रतितोला ३ हजार ७०० रुपैयाँ कायम भएको छ। तिहारअघि अन्तिम कारोबारको दिन सोमबार चाँदी प्रतितोला ३ हजार ८५५ रुपैयाँमा कारोबार भएको थियो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*