जनकपुरबाट काठमाडौं फर्किँदै गरेको माइक्रोबस दुर्घटना, १४ जना घाइते

१ मंसिर २०८३, मंगलवार १६:५५

काठमाडौं । छठ पर्व मनाएर जनकपुरबाट काठमाडौं फर्किँदै गरेको माइक्रोबस सिन्धुलीमा दुर्घटना हुँदा १४ जना घाइते भएका छन्। मप्र ०४–००१ ज ०२४३ नम्बरको माइक्रोबस सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ पलासेस्थित बीपी राजमार्गमा दुर्घटनामा परेको हो।

प्रहरीका अनुसार माइक्रोबस अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल अधेरी खोलाको बगरमा खसेको थियो। दुर्घटनामा घाइते भएकाहरूलाई उपचारका लागि खुर्कोटस्थित शुभजीवन अस्पताल पठाइएको छ।

घाइतेमध्ये ९ जनाको विवरण खुलेको र बाँकी ५ जनाको विवरण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*