नेष्डो समृद्ध लघुवित्तले यस वर्ष पनि लाभांश नदिने

२ मंसिर २०८३, बुधबार १०:०३

काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट शेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने भएको छ । कम्पनीको मंसिर १ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

बैठकले गत आर्थिक वर्षको लेखापरीक्षण कार्य सम्पन्न भई लेखापरीक्षकबाट प्रारम्भिक लेखापरीक्षण प्रतिवेदन प्राप्त भएको र त्यसमा आवश्यक जवाफसमेत लेखापरीक्षकसमक्ष पेस गरिसकिएको जनाएको छ । साथै उक्त आर्थिक वर्षको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सम्बन्धित अनुसूचीसहितका वित्तीय विवरण स्वीकृत गर्ने निर्णय गरेको छ ।

स्वीकृत वित्तीय विवरण नेपाल राष्ट्र बैंकमा पठाइनेछ । राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भएपछि ती विवरण कम्पनीको आठौँ वार्षिक साधारण सभामा पेस गर्ने प्रयोजनका लागि प्रकाशन गरिने कम्पनीले जनाएको छ ।

यस कम्पनीले पछिल्लो समय आर्थिक वर्ष २०८०/०८१ मा १४.२५ प्रतिशत बोनस शेयर र ०.७५ प्रतिशत नगद लाभांश (कर तिर्न) गरी कुल १५ प्रतिशत लाभांश वितरण गरेको थियो । त्यसपछिका दुई आर्थिक वर्षमा लगातार लाभांश नदिने निर्णय गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*