नेपाल लाइफका अभिकर्तालाई बम्पर अफर, १० लाखमाथिको बीमा शुल्कमा थप ५% इन्सेन्टिभ
३ मंसिर २०८३, बिहीबार १७:५३

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफन बीमा अभिकर्ताहरुलाई बम्पर अफर सञ्चालनमा ल्याएको छ । यही मंसिर १ गतेदेखि ३० गतेसम्मको लागि सार्वजनिक अफर प्याकेज अनुसार ज्याकेट, भ्रमण प्याकेज, डायरी तथा थप नगद प्रोत्साहनको व्यवस्था गरिएको छ ।
प्याकेज अनुसार नेपाल लाइफका बीमा अभिकर्ताहरुले १० लाख रुपैयाँ माथि प्रथम बीमा शुल्क संकलन गरेको अवस्थामा थप पाँच प्रतिशत इन्सेन्टिभ पाइने छ । कूल १० लाख रुपैयाँ प्रथम बीमा शुल्क संकलन गर्दा नियमित पाइरहेको १८ प्रतिशत कमिशन बाहेक थप पाँच प्रतिशत इन्सेन्टिभ पाइने कम्पनीले आफ्ना अभिकर्ताहरुलाई पठाएको स्कीम पत्रमा उल्लेख छ ।
नेपाल लाइफका बीमा अभिकर्ताहरुले व्यवसाय बृद्धि गर्न र थप आम्दानी गर्न मंसिर महिनाको स्कीम उपयुक्त मौका बीमा अभिकर्ताहरुले बताएका छन् ।












