अनलाइन ठगीमा परे तत्काल १२४७ मा फोन गर्न राष्ट्र बैंकको आग्रह

३ मंसिर २०८३, बिहीबार १८:५५

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले अनलाइन ठगी तथा अनधिकृत डिजिटल कारोबारमा परे तत्काल १२४७ नम्बरमा फोन गरी उजुरी दिन आग्रह गरेको छ। नेपाल प्रहरीको साइबर ब्युरोमा स्थापना गरिएको एकीकृत साइबर स्क्याम प्रतिकार्य केन्द्रको उक्त हटलाइनमार्फत चौबीसै घण्टा उजुरी दिन सकिने राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागका अनुसार फिसिङ, नक्कली लिंक तथा डिजिटल भुक्तानीका माध्यमबाट ठगीमा परेका व्यक्तिले उक्त नम्बरमा सम्पर्क गरी जानकारी गराउन वा उजुरी दर्ता गर्न सक्नेछन्। उजुरी गरेपछि हटलाइनबाट प्राप्त निर्देशनअनुसार आवश्यक प्रक्रिया अघि बढाउन विभागले आग्रह गरेको छ।

त्यस्तै, डिजिटल ठगी भएको थाहा पाउनासाथ सम्बन्धित बैंक, वित्तीय संस्था वा भुक्तानी सेवा प्रदायकलाई समेत जानकारी गराउन राष्ट्र बैंकले अनुरोध गरेको छ। यसबाट बैंक खाता तथा डिजिटल वालेटलाई थप जोखिमबाट जोगाउन सम्बन्धित संस्थाले तत्काल आवश्यक कदम चाल्न सक्ने राष्ट्र बैंकको भनाइ छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*