रिलायबल नेपाल लाइफद्वारा घातक रोगबापत बीमा दाबी भुक्तानी

काठमाडौँ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले रिलायबल सजिलो जीवन बीमा योजनाअन्तर्गत घातक रोगको बीमा दाबी भुक्तानी गरेको छ।
कम्पनीले रिलायबल सजिलो जीवन बीमा योजनाअन्तर्गत १५ वर्ष अवधिका लागि १० लाख बीमाङ्कको बीमा गरेका बीमित दीपक रिमाललाई पहिलो पटक हृदयाघात सम्बन्धी बीमा दाबीबापतको रकम हस्तान्तरण गरेको हो।
उक्त बीमा पोलिसी कम्पनीको डुम्रे शाखामार्फत जारी गरिएको थियो। दाबी भुक्तानी रकम शाखा प्रमुख विरोध श्रेष्ठले बीमितलाई हस्तान्तरण गरेका हुन् ।
रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले जीवन बीमामार्फत आर्थिक सुरक्षा प्रदान गर्नुका साथै आकस्मिक स्वास्थ्य जोखिम तथा घातक रोगको अवस्थामा समेत बीमितलाई आर्थिक सहयोग पुर्याउँदै आएको छ।
कम्पनीले आफ्ना ग्राहकलाई बीमाको महत्व बुझाउँदै जीवनको जोखिमपूर्ण परिस्थितिमा आर्थिक सुरक्षा सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।











