कीर्तिपुरको सिरक–डसना उद्योगमा आगलागी, २५ लाखसम्मको क्षति
६ मंसिर २०८३, आईतवार १८:२७

काठमाडौँ । काठमाडौंको कीर्तिपुर नगरपालिका–९ ढल्पास्थित एक सिरक–डसना उद्योगमा आगलागी हुँदा करिब २० देखि २५ लाख रुपैयाँ बराबरको क्षति भएको छ। विकास चौधरीले सञ्चालन गर्दै आएको उद्योगमा आज दिउँसो करिब २ः३० बजे आगलागी भएको हो।
विद्युत् सर्ट भएर आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ। आगलागीबाट उद्योगमा रहेका तीनवटा मेसिन र गोदाममा भण्डारण गरिएका सिरक–डसनामा क्षति पुगेको छ। आगलागीबाट करिब २० देखि २५ लाख रुपैयाँ बराबरको आर्थिक क्षति भएको अनुमान छ।











