नेप्सेमा नेपाल ल्युब आयलको २० प्रतिशत बोनस शेयर सूचीकृत
९ मंसिर २०८३, बुधबार १५:४४

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको बोनस शेयर सूचीकृत भएको छ ।
नेपाल ल्युब आयलको २० प्रतिशत दरको कुल १ लाख ४५ हजार ७२५ कित्ता बोनस शेयर सूचीकृत भएको हो । योसँगै कम्पनीको कुल सूचीकृत शेयर संख्या १० लाख ६ हजार ९०४ कित्ता पुगेको छ ।
अब भोलिदेखि उक्त शेयर दोस्रो बजारमा कारोबारमा आउनेछ ।











