दुई जलविद्युत् कम्पनीले ल्याउँदै ८० लाख कित्ता आईपीओ, बोर्डमा दिए आवेदन
९ मंसिर २०८३, बुधबार १५:४८

काठमाडौँ । दुई जलविद्युत् कम्पनीले आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन्। आईपीओ निष्कासनको अनुमति माग्नेमा मिडिल मोदी हाइड्रोपावर र सिद्धि हाइड्रोपावर रहेका हुन् ।
मिडिल मोदी हाइड्रोपावरले ३० लाख ७७ हजार कित्ता शेयर निष्कासनका लागि बोर्डमा आवेदन दिएको छ। कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट क्यापिटल रहेको छ।
त्यसैगरी, सिद्धि हाइड्रोपावरले ५० लाख कित्ता शेयर निष्कासनको अनुमति मागेको छ। कम्पनीको बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल रहेको छ।
दुवै कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा आईपीओ जारी गर्ने प्रस्ताव गरेका छन्।











